कोरोना भाइरस नियन्त्रण कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा एक करोड सहयोग

 अर्थ बुलेटिन संवाददाता   २१ चैत, २०७६



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।

बैंकले विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त रकम सहयोग गरेको हो  । 

बैकले हाल सबै क्षेत्रमा गरी ८२ वटा शाखा एक सय २४ वटा एटिएम काउन्टर, १७ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र र ५६ शाखारहित सेवा केन्द्रबाट बित्तीय सेवा उपल्बध गराउँदै आएको छ । उत्कृष्ट व्यवस्थापनका कारण युरोमनी मनी अवार्ड २०१८ प्राप्त गरिसकेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation