सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयद्वारा पिपिई प्रदान

 अर्थ बुलेटिन संवाददाता   २१ चैत, २०७६



काठमाडौं । सनराइज बैंकले प्रादेशिक कार्यालय मार्फत पिपिई हस्तान्तरण गरेको छ ।

संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिपेक्षमा प्रदेशमा समेत त्यसको जोखिम बढेको हुदाँ यहाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सराहनीय रहेको र उनीहरुको सुरक्षाको लागि सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) हस्तान्तरण गरेको हो   ।


बैकका अनुसार जम्मा ५० थान गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई सनराइज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सी.ले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण (पिपिई) गरेका हुुन । यसैगरी बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पिपिई हस्तान्तरण गरेको छ ।

त्यसै क्रममा बैंकका प्रादेशिक कार्यालय २ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकास मन्त्री नवल कुशोर साहलाई  हस्तान्तरण गरेका हुन । 

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी (पिपिई) उपलब्ध गराई सकेको छ  र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation