नेपाल एसबिआई बैंकद्वारा कोरोना नियन्त्रणका लागि एक करोड सहयोग

 अर्थ बुलेटिन संवाददाता   २२ चैत, २०७६



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ । बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति र कोरोनाबाट प्रभावितको सहयोगको लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । 

सो रकम मध्ये ५० लाख केन्द्रिय सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा पाँच पाँच लाखको दरमा सहयोग गरिने बैंकले जानकारी दिएको छ । यसका साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गर्ने जनाएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation