

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । कोरोना महामारीले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थिति र भौतिक बजारहरु पहुँचमा नभएको परिवेशलाई ध्यानमा राखी, कुमारी बैंक लिमिटेडले दराजमार्फत बिग मार्टमा खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १० प्रतिशतसम्मको आकर्षक छुटको प्रावधान गरेको छ ।
सो सहमति पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले बिग मार्टबाट दराज मार्फत आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् ।
लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम, डिजिटल/अनलाइन बैंकिंग सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।