कोराना रोकथाम कोषमा लक्ष्मी बैंकद्वारा एक करोड सहयोग

 अर्थ बुलेटीन सम्वाददाता   २३ चैत, २०७६



काठमाडौं । लक्ष्मी बैंकले कोरोना भाइरसको महामारीको नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकका अनुसार एक करोड मध्ये २० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोषमा र बाँकी ७० लाख रुपैयाँ सातै प्रदेशका सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको बैंकले जानकारी दिएको छ । 

उक्त सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै नियमित आर्थिक गतिविधि संचालन नभएका कारण प्रत्यक्ष रुपमा प्रभावित व्यक्ति तथा परिवारलाई राहत पुग्ने बिश्वास बैंकले लिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation