

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ३१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ । राष्ट्र बैंकका अनुुसार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले ट्रेजरी खरिदको लागि भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ । सो मध्ये ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको २० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँ रहेको छ ।
सो मध्ये ९१ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने मिती बिसं २०७७ असार २३ गते, एक सय ८२ दिने अवधिको टे«जरीको परिपक्व हुुने अवधि बिसं २०७७ असोज २० गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७७ साल चैत २४ गते तोकिएको छ ।
यसअघि यही चैत १७ गते पनि राष्ट्र बैंकले तीन अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।