सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधरण सभा स्थगित

 अर्थ बुलेटिन संवाददाता   २४ चैत, २०७६



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेको यही चैत्र २८ गते हुने भनिएको १८औं वार्षिक साधरण सभा स्थगित भएको छ । चैत्र २१ गते बसेको संचालक समितिको बैठकबाट साधरण सभा स्थगित भएको हो ।

हाल बिश्वभरी फैलिरहेको “कोभिड –१९” को कारण देशमा असहज परिस्थितिको श्रृजना भई तोकिएको मितिमा बार्षिक साधरण सभा बस्न नसक्ने भएको हुँदा अर्को निर्णय नभएसम्मको लागि उक्त बार्षिक साधरण सभा स्थगित गर्ने निर्णय भएको व्यहोरा सम्पुर्ण शेयरधनी महानुभावहरुमा जानकारी गराइन्छ, कम्पनीले भनेको छ ।

समय परिस्थित सहज भइसकेपछि स्थगित भएको १८ औ साधरण सभा हुने जानकारी कम्पनीले दिएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation