मेगा बैंकद्वारा सातै प्रदेशलाई ५–५ लाख प्रदान

 अर्थ बुलेटिन संवाददाता   २५ चैत, २०७६



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि नेपालका ७ वटै प्रदेशलाई ५–५ लाख रुपैंया हस्तान्तरण गरेको छ ।  ६ वटै प्रदेशमा रकम हस्तान्तरण गरिसकेको मेगा बैंकले पछिल्लोपटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण गरेको छ ।

मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुुन ।

मेगा बैंक संचालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५–५ लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो ।  यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ । 
 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation