

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई खाता अद्यावधिक गर्न निर्देशन दिएको छ । आज मंगलबार वाणिज्य बैंकहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले सरकारी कारोबार गर्न ईजाजत प्राप्त बैंकहरुलाई सरकारी खाताहरु अद्यावधिक गर्न निर्देशन दिएको हो ।
निर्देशन अनुसार केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहको नाउँमा खोलिएका खाताहरु अद्यावधिक गर्नुपर्नेछ । २०७६ असोज १७ गते देखि लागुु हुने गरी जारी गरिएको सरकारी कारोबार निर्देशिका २०७६ ले निर्दिष्ट गरे बमोजिम बैकहरुमा सञ्चालनमा रहेका संंघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहका बिभिन्न समुहका खाताहरु अद्यावधिक गर्न बिसं २०७६ पुस २७ गते महालेखा नियन्त्रकको कार्यालयले जारी गरेको पत्र अनुसार हालसम्म पनि वाणिज्य बैंकहरुले सरकारी खाता अद्यावदिक नगरेपछि राष्ट्र बैंकले खाताहरु अद्यावधिक गर्न ताकेता गरेको हो ।