

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० र पाँच रुपैयाँ दरका नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३० करोड अर्थात एक अर्ब ५० करोड रुपैयाँ र १० रुपैयाँ दरका ३४ करोड थान अर्थात तीन अर्ब ४० करोड रुपैयाँ बराबरको नयाँ नोट छपाईको लागि चिनियाँ कम्पनीसंग सम्झौता गरेको छ ।
राष्ट्र बैंकका अनुसार नोट छपाईको लागि १४ जनवरी २०२० मा टेण्डर आव्हान गरिएको थियो । उक्त टेण्डरमा कम दरमा टेण्डर पेस गर्ने चाईना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेससंग नोट छपाईको सम्झौता गरिएको राष्ट्र बैंकले जनाएको छ ।
उक्त नयाँ नोट मध्ये पाँच रुपैयाँ दरको ३० करोड थान नयाँ नोट छाप्नको लागि अमेरिकी डलर ४३ लाख ९७ हजार पाँच सय र १० रुपैयाँ दरका ३४ करोड थान नयाँ नोट छाप्नको लागि अमेरिकी डदर ४१ लाख ४० हजार चार सयमा खरिद सम्झौता गरिएको हो ।