कोरोना राहत कोषमा सिटिजन लाइफद्वारा सात लाख ५० हजार सहयोग

 अर्थ बुलेटिन संवाददाता   ३ बैशाख, २०७७



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनील कोरोना रोकथाम तथा नियन्त्रणका लागि उक्त रकम सहयोग गरेको हो ।

साथै कम्पनीसंगको समन्वयमा कम्पनीको शाखा कार्यलयहरुले स्थानिय नियकसंग सहकार्य गरि महामारी सचेतना तथा रोकथामको लागि अत्यावस्यक सहयोग गरेको जानकारी दिएको छ । 

विश्वभर फैलिएको यस महामारीले अहिलेसम्म १ लाख २६ हजार भन्दा बढी मानिसहरुको ज्यान लिएको छ । यस महामारीलाई नेपालमा फैलिन नदिनको लागि स्थानीय निकाय र नेपाल सरकारले निरन्तररुपमा प्रयास गरिरहेको यो समयमा सिटिजन लाइफ इन्स्योरेन्सद्वारा उपलब्ध गराइएको आर्थिक सहयोगले केहि हदसम्मभए पनि मद्दत पु¥याउँने आशा गरिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation