बैंक तथा बित्तीय संस्थाहरुलाई नियमित रिर्पोटिङ गर्न राष्ट्र बैंकको निर्देशन

 अर्थबुलेटिन संवाददाता   ५ बैशाख, २०७७



काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई नियमितरुपमा रिर्पोटिङ गर्न निर्देशन दिएको छ । लक डाउन सुुरु भए लगत्तै अर्थात चैत १२ गते परिपत्र जारी गर्दे बैंक तथा बित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकमा गर्नुुपर्ने रिर्पोटिङहरु परिस्थिती सामान्य भई कार्यालय नियमितरुपमा खुलेको सात कार्यदिन भित्र पेस गर्नुुपर्ने व्यवस्था गरेको थियो ।

तर बिश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को प्रभाव मुल्यांकन अध्ययन समेतको लागि बित्तीय क्षेत्रको तथ्यांकहरु नियमित उपलब्ध हुुनुुपर्ने हुुंदा संक्रमणको जोखिमबाट सुरक्षित रहने उपाय अबलम्वन गरी अब उपरान्त सबै बैंक तथा फाईनान्स कम्पनीहरुले पुुर्ववतरुपमा रिर्पोटिङ गर्नुपर्ने जानकारी राष्ट्र बैंकले दिएको छ ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation