

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैकले आईतबार ३५ अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैकका अनुसार बोलकबोलमार्फत् तीन बर्षे अवधिको विकास ऋणपत्र २०८०“घ” बिक्री गर्न लागिएको हो ।
ऋणपत्र खरीदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपरान्ह तीन बजेसम्म बोलकवोल पेस गर्नुु पर्ने राष्ट्र बैकले जनाएको छ । ऋणपत्र धितो राखी कर्जा लिन÷दिन पाइने सुुबिधा रहेको ऋणपत्रको निष्काशन मिती बिस २०७७ बैशाख आठ गते तोकिएको छ भने सावाँ भुक्तानी मिती बिसं २०८० तोकिएको छ ।
खरीदकर्ताहरुले प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने प्रावधान तोकिएको ऋणपत्रको लागि प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् २९ अर्व ७५ करोड र पाँच अर्ब २५ करोड छुट्ट्याइएको छ ।
यसैगरी आगामी सोमबार राष्ट्र बैकले पाँच अर्ब २० करोड रुपैयाँको टेजरी बिल बिक्री गर्ने भएको छ । उक्त दिन अपरान्ह तीन बजेसम्ममा उक्त परिमाणमा टेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैकले जनाएको छ ।
बिक्री गरिने कुल टेजरी मध्येमा ९१ दिने अवधिको २० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । सो मध्ये ९१ दिने टेजरीको परिपक्व हुुने अवधि बिसं २०७७ साउन छ गते तोकिएको छ भने एक सय ८२ दिने टेजरीको परिपक्व हुने अवधि बिसं २०७७ कात्र्तिक सात गते तोकिएको राष्ट्र बैकले जनाएको छ ।