बैंक तथा फाईनान्स कम्पनीहरुमा राष्ट्र बैंकले ३५ करोड निक्षेप राख्ने

 अर्थबुलेटिन संवाददाता   १० बैशाख, २०७७



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैक तथा फाईनान्स कम्पनीहरुमा ३५ करोड ९७ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार आफ्नो बिभिन्न कोषमा रहेको रकम तीन सय ६७ दिने मुुद्धती निक्षेपकोरुपमा वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुमा राख्न लागिएको हो ।

रकम लगानीको अवधि भने २०७७ जेठ एक गते देखि बिसं २०७८ जेठ एक गतेसम्मको रहेको छ । राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्याईएको कुुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि २८ करोड ७९ लाख, बिकास बैंकहरुको लागि पाँच सय ३९ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड ७९ लाख रुपैयाँ रहेको छ ।

रकम लगानी गर्ने बैंक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख १२ गते अपरान्ह १२ः३० बजेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपकोरुपमा राख्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी आवेदन दिनु पर्ने छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको हुुनुुपर्ने, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुुनुुपर्ने,  निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुुनुुपर्ने लगायतका शर्तहरु तोकिएकाछन ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation