सिटिजन लाइफद्वारा प्रिमियम तिर्न फोन पे शुभारम्भ

 अर्थबुलेटिन संवाददाता   १४ बैशाख, २०७७



काठमाडौं । ग्राहकहरुको सुलभ तथा उत्तम सेवाको लागि नवीनतम योजनाहरु ल्याउन सदैव अग्रिणी  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एप मार्फत आफ्नो प्रिमियम तिर्न सकिने सेवा फोन पे को शुभारम्भ गरेको छ ।

अनलाईन पेमेन्ट सिस्टमको माध्यमद्वारा नेपालको ५० भन्दा अधिक बैंकहरुको मोबाइल बैंकिङ्ग एप सेवा प्रयोग गरेर सिटिजन लाइफ इन्स्योरेन्समा रहेको आफ्नो बीमा शुल्क सहजरुपमा भुक्तानी गर्न सक्नेछन ।

कम्पनीले सदैब आधुनिक तथा नविनतम प्रबिधिलाई ग्राहकको सेवामा ल्याउने योजना अनुसार अघि पनि ई सेवा तथा डिजिटल बैङ्किङ्ग मार्फत सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क घरैबाट तिर्न सकिने व्यवस्था गरको थियो ।

फोन पे एपले  बीमा शुल्क तिर्न थप विकल्प हुनुका साथै अझै थप सहजता प्रधान गरेको कम्पनीले जानकारी दिएको छ ।
 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation