मेगा बैंकका ग्राहकहरुलाई घरमै स्वास्थ्य सेवा र औषधि, १२ प्रतिशतसम्म छुट

 अर्थबुलेटिन संवाददाता   १४ बैशाख, २०७७



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधी प्रदान गर्ने भएको छ । मेगा बैंकसँग भएको सम्झौता अनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवा दिने तथा औषधि पुर्याउने भएको हो ।

मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्ड तथा मेगा स्मार्ट बैंकिङमार्फत रकम भुक्तानी गर्दा १२ प्रतिशत छुट पाउने भएका छन् । इजी केयरको वेभसाइट, टेलिफोन नम्बरहरु ९८६०९८०९९९, ९८६०९८०७७७ तथा भाइबर र ह्वाट्सएप मार्फत ग्राहकहरुले इजी केयरलाई सम्पर्क गर्न सक्नेछन् ।

देशव्यापी लकडाउनका कारण बिरामीहरुलाई स्वास्थ्य सेवा दिन तथा औषधि खरिद गर्न समस्या नहोस् भन्ने उद्देश्यले मेगाले इजी केयरसँग सम्झौता गरेको हो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation