देव: विकास बैंकद्वारा विपन्न परिवारलाई राहत वितरण

 अर्थबुलेटिन संवाददाता   १४ बैशाख, २०७७



काठमाडौं  । देवः विकास बैंकले राहत सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कैलालीको घोडाघोडी नगरपालिकाका अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

कोरोना भाइरसका कारण देशव्यापी लकडाउन भएपछि समस्यामा परेका अति विपन्न ३६ परिवारलाई बैंकको पहलमानपुर शाखाले राहत वितरण गरेको बैकले जनाएको छ ।

बैंकका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर ९ फारममा रहेका ३६ परिवारलाई प्रति परिवार १५ किलो चामल, दुुई किलो दाल, दुई लिटर तेल, दुुई वटा साबुन र एक किलो नुन वितरण गरिएको जनाएको छ ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation