हिमालयन बैंकद्वारा एक सय घरधुरीलाई खाद्यान्न सहयोग

 अर्थबुलेटिन संवाददाता   १५ बैशाख, २०७७



काठमाडौं । हिमालय बैंकले खाद्यान्न सहयोग गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत  बाँकेको सोनारी गाउँपालिकाका एक सय घरधुरीलाई खाद्यान्न सहयोग गरेको हो । 

विश्वभरि फैलिएको कोरोना भाइरस रोग (कोभिड—१९) को महामारीबाट नेपालमा पनि केही व्यक्तिहरुमा संक्रमण देखिएकाले सो भाइरस विरुद्ध लड्न नेपाल सरकारद्वारा विगत एक महिनादेखि मुलकभरि बन्दाबन्दी लागू गरेको छ । बन्दाबन्दीका कारण रोजगारी नपाउँदा ज्यालादारी तथा गरिब जनताहरुलाई दैनिक रूपमा हातमुख जोर्न समस्या भएको छ ।

बैंकले सय घरधुरी परिवारलाई आवश्यक पर्ने चामल, दाल, नुन, तेल लगायत वितरण गरेको जानकारी दिएको छ । बैंककाका अनुसार शाखा प्रबन्धक भरत भुषालले गाँउपालिका अध्यक्ष लहुराम थारुलाई खाद्यान्न हस्तान्तरण गरेको हो ।

यसअघि पनि बैंकले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख सहयोग गरेको थियो । सका साथै बैंकले धनगढी उपमहानगरपालिकामा पनि राहत स्वरुप खाद्यान्न वितरणको लागि ५० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation