घरमै बसेर प्रभु पे मार्फत कोरोना बीमा गर्न सकिने

 अर्थबुलेटिन संवाददाता   १५ बैशाख, २०७७



काठमाडौं । ग्राहकहरुले अबदेखि घरबाटै कोराना भाइरस (कोभिड १९) बीमा गर्न सक्ने भएकाछन् । डिजिटल प्रविधि प्रभु पेले हाल जारी भइरहेको लकडाउनको परिस्थितिलाई मध्येनजर गर्दै यो सुबिधा सञ्चालनमा ल्याएको हो । 

कम्पनीका अनुसार यसबाट बीमा गर्न वा गराउन इच्छुक ग्राहकले प्रभु पेको वालेट मोबाईलमा डाउनलोड गरेर कोरोना बीमा गराउन सक्नेछन् । उनीहरुले तीन सय रुपैयाँबाट शुरु हुने कोरोना भाइरस बीमालेख खरिद गर्न सक्नेछन् । साथै, सम्भावित संक्रमणबाट ५० हजार वा एक लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा पाउने जानकारी पनि कम्पनीले दिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation