प्राइम लाइफमा कार्यरत सबै कर्मचारीको कोरोना बीमा

 अर्थबुलेटिन संवाददाता   १६ बैशाख, २०७७



काठमाडौं ।  प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारीहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको कोरोना बीमालेख प्रदान गर्ने निर्णय गरेको हो ।

हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाईरस (कोभिड १९) रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।

साथै कम्पनीले बीमा समितिबाट सञ्चालनमा आएको कोभिड १९ रोगको संक्रमण सम्बन्धि बीमा गर्ने निर्णय गरेकोे समेत गरेको जानकारी दिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation