कामना सेवा विकास बैंकमा अनलाईन मार्फत खाता खोल्न सकिने

 अर्थबुलेटिन संवाददाता   १६ बैशाख, २०७७



काठमाडौं । प्रगतिको आधार कामना सेवासँग कारोबार भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै आज मंगलबारदेखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

अब ग्राहकहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन । उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमितरुपमा बैैकिङ कारोबार गर्न सक्नेछन ।

यसैगरी बैंकले  बिक्रम संवत २०७७ सालको डिजिटल  क्यालेन्डर सार्वजनिक गरेको छ । यस क्यालेन्डरमा बैंककै कमचारी साथीहरुद्धारा खिचीएका तस्विरहरु प्रयोग गरीएको छ । बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले  संयुक्त रुपमा डिजिटल माध्यमबाट अनलाईन खाता सेवा शुभारम्भ तथा डिजिटल  क्यालेन्डरको बिमोचन गरेका हुुन ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation