सेञ्चुरी बैंकद्वारा चौरजहारी अस्पताललाई २० थान पिपिई सहयोग

 अर्थबुलेटिन संवाददाता   १७ बैशाख, २०७७



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

बैकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उपरोक्त पिपिई रुकुमका कुमार कठायतलाई हस्तान्तरण गरेका हुन । साथै बैकले कोभिड १९ को रोकथामको लागी प्रत्येक प्रदेश सरकारलाई पाँच पाँच लाख र संघीय सरकारलाई पचास लाख गरि कुल पचासी लाख प्रदान गरिसकेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation