बढ्यो नेपालीको प्रतिव्यक्ति आम्दानी, अब बार्षिक कमाई कति ?

 अर्थबुलेटिन संवाददाता   १७ बैशाख, २०७७



काठमाडौं । केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको छ । बुधबार  केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको  तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको हो ।

सार्वजनिक तथ्यांक अनुसार एक व्यक्तिको बार्षिक औसत आम्दानी १ लाख २६ हजार १८ रुपैयाँ पुगेको छ । अर्थात एक व्यक्ति १ हजार ८५ डलर आम्दानी पुगेको छ । अघिल्लो वर्ष प्रतिव्यक्ति आम्दानी १ लाख १७ हजार २ सय ६८ रुपैयाँ रहेको विभागको तथ्यांक छ ।

त्यस्तै, चालु आर्थिक वर्ष (२०७६ र७७)  नेपालको अर्थतन्त्रको आकार बढेर ३७ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष ३४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो । आज विभागले तथ्यांक सार्वजनिक गरेको हो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation