सरकारद्वारा थप आर्थिक प्याकेज सार्वजनिक व्यवसायीक कर तिर्ने समय थप

 अर्थबुलेटिन संवाददाता   १८ बैशाख, २०७७



काठमाडौं । कोरोनाको आर्थिक प्रभाव न्यूनीकरण गर्न सरकारले  थप आर्थिक प्याकेज ल्याएको छ । सरकारले यसअघि व्यवसायीक कर्जामा दुई प्रतिशतको ब्याज छुटसहित कर्जा भूक्तानीको समयावधी लम्ब्याउँदै राहत प्याकेज ल्याएको  थियो । 

पछिल्लो समय व्यवसायीक करको तिर्ने समय पनि सरकारले थप गरेको हो  । विहिबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यस अघि अर्थमन्त्रालयले मन्त्रिपरिषदलाई कर तिर्ने समय थप गर्न प्रस्ताव गरेको उक्त प्रस्ताव सदर गर्दै कर तिर्ने समय थप गरेको हो ।

मन्त्रिपरिषदको निर्णयले मूल्य अभिबृद्धिकर फागुन र चैत महिनाको मासिक, माघ फागुनको व्दिमासिक, र दोस्रो चैत्र मासिकको कर दाखिला जेठ २५ गतेसम्म गर्न सकिने व्यवस्था गरेकोे छ । यस्तै कर फिर्ताको निवेदन दिने अवधि समाप्त भएमा जेठ २५ गतेसम्म त्यस्तो निवेदन दिन सकिने व्यवस्था समेत मन्त्रिपरिसदले गरेको छ ।

यसमा फागुन चैत महिनाको अग्रिम करकट्टी र अग्रिम कर असुलीको विबरण बुझाउने समय पनि जेठ २५ गतेसम्मलाई तोकिएको छ । यस अघिको निर्णयले बैशाख २५ गतेसम्म कर तिर्ने समय थप गरेको थियो । सोही मितिसम्म लकडाउन थपिएपछि समय थप गर्न प्रस्ताव गरिएको थियोे । सोही प्रस्ताव माथि छलफल गर्दै मनित्रपरिषदले कर तिर्ने अवधी जेठ २५ गते सम्म थप्न सकिने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै मन्त्रिपरिषदले चालु आर्थिक वर्षको संसोधित अनुमानित कर विवरण र दोस्रो किस्ता बापतको रकम जेठ मसान्तसम्म दाखिला गर्न सकिने व्यवस्थाको समेत निर्णय गरेको छ ।

त्यस्तै,  कर अधिकृतले निर्धारण गरेको अन्तशुल्कमा चित्त नबुझेको अवस्थामा भने प्रशासकीय पुनराबलोकनको निवेदन लकडाउन खुलेको   मितिले १५ दिन भित्र दिन सकिने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation