

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । सानिमा बैंक लिमिटेड र दराज प्रा.लि.बीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ । सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्डमार्फत शपिङ्ग गर्दा १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन । यो योजना आज सोमबार देखि लागुु भएको हो ।
उक्त सम्झौतामा सानिमा बैंककातर्फबाट बिक्रम श्रेष्ठ प्रमुख डिजिटल बैंकिङ्ग र दराजकातर्फबाट प्रवन्ध निर्देशक लिनो एलेरिङ्गले हस्ताक्षर गरेका हुुन । यो योजनाले ग्राहकहरु डिजिटल बैंकिङ्गप्रति आकर्षित हुने विश्वास राखेको छ । यस सम्बन्धि थप जानकारी बैंकको हटलाइन नं ०१–४४४३९०१ बाट प्राप्त गर्न सक्नेछन ।
बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरमै बसी अनलाइनबाटै मुद्दती खाता खोल्न तथा नविकरण गर्ने, अनलाइन खाता खोल्ने, बिजुली÷टेलिफोन बिल भुक्तानी लगायतका डिजिटल बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आइरहेकोे छ ।