२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । वैशाख २८ गते अर्थात आगामी आईतबारबाट नेपाल स्टक एक्सचेन्ज लिमिटेडको नियमित सेयर कारोवार कक्ष खुल्ने संभावना देखिएको छ । कोरोना भाईरस (कोभिड १९) को महामारी फैलिएसंगै गत चैत ११ गते देखि बन्द रहेको सेयर कारोवार बैशाख २८ गते देखि खुल्ने संभावना देखिएको हो ।
सरकारले यसअघि लकडाउनको अवधि थपेर बैशाख २५ गतेसम्म कायम राखेको थियो । सो पश्चात नेप्से बैशाख २६ गतेबाट सेयर कारोवार खुल्ने गर्ने घोषणा गरेको थियो । उक्त घोषणामा बैशाख २६ गते शुुक्रबार परेकाले बैशाख २८ गतेबाट सेयर कारोवार खुल्ला हुुने भनिएको थियो ।
तर सरकारले लकडाउनको अवधि पुुन थप गरेर जेठ पाँच गतेसम्म कायम गरेको छ । तर यो अवस्थामा हामी पुुर्वघोषित कार्यतालिका अनुसार सेयर बजार खुुलाउने पक्षमा रहेको र यसको बारेमा औपचारिक निर्णय भने भई नसकेको नेप्सेका प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिह साउदले बताए । यो अवस्थामा शुक्रबार बस्ने नेप्सेको नियमित बैठकले सेयर बजार खोल्ने बारेमा औपचारिक निर्णय गर्ने उनले बताए ।