बैंक तथा बित्तीय संस्थाहरुलाई सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

 अर्थबुलेटिन संवाददाता   २६ बैशाख, २०७७



काठमाडौं । नेपाल राष्ट्र बैकले कोभिड १९ को संभावित संक्रमण रोक्न बैंक तथा बित्तीय संस्थाहरुलाई एक तिहाई मात्र कर्मचारीहरु राखेर सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।

सरकारको यही बैशाख २४ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुुसार कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि हालको अवस्थामा एक तिहाई मात्र कर्मचारीहरु राखेर सेवा उपलब्ध गराउन पाउने व्यवस्था गरेपछि राष्ट बैकले सोही अनुुसार गर्न आफुु अन्र्तगतको संस्थाहरुलाई निर्देशन दिएको हो ।


आज शुुक्रबार वाणिज्य बैक, बिकास बैंक, फाईनान्स कम्पनी र लघुबित्त बित्तीय संस्थाहरु समेतको नाउँमा परिपत्र जारी गर्दे सोही अनुरुपको व्यवस्था मिलाउन राष्ट बैकले निर्देशन दिएको छ । यसरी सेवा प्रवाह गर्दा कुुल सवारी साधनको एक चौथाई सवारीलाई मात्र पास उपलब्ध गराउने व्यवस्था गर्नुुपर्ने छ ।


यसको लागि सेवा उपलब्ध गराउँदा कर्मचारीमा हुुन सक्ने संक्रमण तथा संस्थाको बिजनेश कम्युनिटीलाई मध्यनजर गर्दे यथासम्भव एक तिहाई कर्मचारीहरुबाट सेवा सुचारु गर्नुुपर्ने, रिमोट एक्सीस, वर्क फर्म होम, सिफ्ट वाईज वर्क आदिको व्यवस्था गर्नुुपर्ने छ ।

यसैगरी बैकिड सेवा प्रवाहमा प्रत्यक्षरुपमा सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ सुरक्षा तथा संक्रमणको संम्भावनलाई न्युनीकरण गर्नको लागि आवस्यक सुरक्षाका न्युनतम उपायहरु स्यानिटाईजर, मास्क, डिसईन्सीफिकेन्ट, थर्मल स्कयानिड र ह्याण्ड ग्लोभ्सको अनिवार्य प्रयोग गर्नुुपर्ने छ । साथै सेवाग्राहीको भिडभाड नहुुने सुनिश्चिता प्रदान गर्ने , बिद्युतीय माध्यमबाट हुुने कारोवारलाई थप प्रोत्साहित गर्ने व्यवस्था गर्नुुपर्ने छ ।


यसैगरी बैकिड सेवा सुचारु गर्न आवस्यक सवारी साधनको हकमा सम्वन्धीत संस्थामा रहेको सवारी साधनको बढीमा २५ प्रतिशत सवारी साधन बैकको प्रधान कार्यालयले सवारी नम्वर, सवारी उपयोग गर्नेको नाम जानुु आउनुु पर्ने स्थान तथा समय समेत तोकेर पत्र उपलब्ध गराउनुु पर्ने व्यवस्था पनि राष्ट बैकले गरेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation