कामना सेवा विकास बैंकद्वारा कर्मचारीहरुको कोरोना बीमा

 अर्थबुलेटिन संवाददाता   १ जेठ, २०७७



काठमाडौं ।  कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरुको स्वास्थ्य र आर्थिक सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरुको नेको इन्स्योरेन्स कम्पनी मार्फत कोरोना बीमा गराएको छ ।

विश्वभर फैलिएको महामारी र यसको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेका कर्मचारीहरुको उच्च मूल्याँकन गर्दै सेवामा थप उत्साहित र उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नको लागि बीमा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताउनु भयो ।

यस अगाडि बैंकले आम नागरिकहरुको लागि कोरोना सुरक्षा बचत खाता समेत सञ्चालनमा ल्याई सकेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation