नेपाल बङ्गलादेश बैँकका कर्मचारीहरुको कोरोना भाइरस विरुद्धको बीमा

 अर्थबुलेटिन संवाददाता   ४ जेठ, २०७७



काठमाडौं । नेपाल बङ्गलादेश बैकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस (कोभिड १९) महामारी विरुद्धको बीमा गरेको छ । बैकमा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कोरोना बीमा गरेको बैकले जनाएको छ । बैक र आईएमई जनरल इन्योरेन्स बिचमा कोरोना बीमाको सम्झौता भएको हो ।

सम्झौता अनुसार अब बैकमा कार्यरत कुनैपनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोलिमर्स चेन रियाक्सन (पिसिआर) टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ ।  हाल बैकले आफ्ना ९५ वटा शाखा कार्यालय मार्फत नेपालभरी आफ्नो बैकिंग सेवा दिइरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation