

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । राष्ट्र बैकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैकका अनुसार सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
जारी मिती जेठ छ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको दुुई अर्ब, एक सय ८२ दिने अवधिको ११ अर्ब ८५ करोड ५० लाख र तीन सय ६४ दिने अवधिको एक अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।
बिक्री गरिने कुुल ट्रेजरी मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ भदौ दुई गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७७ मंसिर दुुई गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७८ साल जेठ चार गते रहेको राष्ट्र बैंकले जनाएको छ ।