

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल ट्राफिक पुलिसलाई यस कोरोना संक्रमित घडीमा १०० लिटर स्यानीटाईजर सहयोग स्वरूप प्रदान गरेको छ । कोरोना महामारीको संकटदायी घडीमा अत्यावश्यक तुल्यिएको स्यानीटाईजर रामशाहपथ स्थित महानगर पुलिस कार्यालयमा एक समारोहबीच बैंकले हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा कुमारी बैंकका तर्फबाट अनुषा शाक्यले काठमाडौं महानगर पुलिसका वरिष्ट सुपर इन्टेंडेंट (एसएसपी) भीम प्रसाद ढकाललाई स्यानीटाईजर हस्तान्तरण गरेका हुुन ।
कोरोना महामारी एवं विपदको समयमै न्यूनीकरण एवं नियन्त्रणका लागि नेपाल सरकारको राहत कोषमा योगदान, स्थानीयस्तरमा निम्नस्तरका महामारी प्रभावित वासिन्दालाई राहत–वितरण जस्ता गतिविधिहरू आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वहन गर्दै आएको छ ।
लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई आफ्ना देशव्यापी शाखा र एटिएम मार्फत निरन्तर बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।