२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । उधारो भुक्तानी नगर्ने कारोबारीहरुलाई स्थानीयस्तरमा कारोबार बन्द गर्ने विषयमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन छलफल भएको छ । शुक्रबार एसोसिएसनले सवै स्थानीयस्तरमा पेट्रोल पम्पहरुले निर्णय गरी कारोबार बन्द गर्ने विषयमा छलफल भएको हो ।
नेपाल पेट्रोलियम डिलर्स राष्टिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानको अध्यक्षतामा शुक्रबार भिडियो कन्फरेन्समार्फत देशभर उपलव्ध पदाधिकारीहरु तथा स्थानीय संस्थाका अध्यक्षहरुको हालको परिस्थिति र भविष्यमा हुनसक्ने जोखिम तथा संकटकाबारेमा भएको छलफलमा यसबारे छलफल चलेको हो ।
अनलाइन भिडियो कन्फरेन्समार्फत भएको छलफलमा उधारो भुक्तानी नगर्ने कारोबारीहरुलाई देशभरिकै पेटोल पम्पहरुबाट पेटोल नदिने लगायतका तत्काल गर्न सकिने उपायका अविलम्व गर्न सबै स्थानीइ व्यवसायीहरुलाई अनुरोधसहित जानकारी गराउने विषयमा छलफल भएको जनाएको छ ।
बैठकले अनि आवश्यक पदार्थको कारोबार गर्ने हुँंदा आपूर्ति सुचारु राख्न पम्पहरुमा पोटेलियम पदार्थका स्कट हुनुपर्ने तर पुजीँंगत खर्च यथावत राखी अति न्युन परिणाम मात्रै स्कटमा राख्नुपर्ने, अति आवश्यक बाहेकका खर्चहरु कटौती गर्नुपर्ने , नगदमा मात्रै कारोबार गर्नुपर्ने, यस अगाडि भएका उधारोहरु शिघ्र उठाई पुनर्ताजगी गरेर कारोबार गर्नुपर्ने लगायतका छलफल भएको जनाएको छ ।
साथै यस अवधिमा राजधानीमा उपलव्ध केन्दिय्र पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा वीमा समिति, आन्तरिक राजश्व कार्यालयm मन्त्रालय तथा निगम समक्ष आगामी वजेटमा पेटोलियम व्यवसायीहरुलाई हुनुपर्ने राहत एवं वैक व्जाजदर, राजश्व तथा विमा दरमा हुनपर्ने छुटका सम्वन्धमा तथा निगम समक्ष यस एसोसियएनका तर्फबाट पटकपटक पेश भएका कमिशन बृद्धिलगायतका मागहरु कार्यान्वयनका लागि अनुरोध सहित ताकेका भइरहेको र हालसम्म कुनै ठोस निर्णय हुन नसकेको विषय दुखका साथ जानकारी गराएको छ । यस भयंकर महामारीका कारण उत्पन्न आर्थिक, समाजिक तथा मानव्य संकमा विश्वभरका मानव समुदायकले कुशलताका साथ विजय प्राप्त गर्न सकून पनि अपेक्षा पनि छलफलले गरेको थियो ।