ज्यालादारीमा काम गर्ने मजदुरलाई मुक्तिनाथ विकास बैंकको सहयोग

 अर्थबुलेटिन संवाददाता   ९ जेठ, २०७७



काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको महामारीको जोखिम न्युनीकरण गर्नका लागि लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गदै आइरहेको छ ।

बैंकको शाखा कार्यालय विर्तामोडले सहारा नेपाल (साकोस)ले सञ्चालन गरेको “एकका लागि एक अभियान’’ लाई आर्थिक सहयोग गरेको छ । उक्त अभियानले बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै आइरहेको छ ।

सहयोग रकम बैंकका प्रदेश नं १ का क्षेत्रिय प्रमुख मनोज बिष्ट र विर्तामोड शाखाका शाखा प्रमुख हरि ओझाले एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी लाई हस्तान्तरण गरेका थिए ।

बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation