पुतलीबजार नगरपालिकालाई कुमारी बैंकद्वरा खाद्यान्न सहयोग

 अर्थबुलेटिन संवाददाता   १० जेठ, २०७७



काठमाडौं । कुमारी बैंकद्वरा पुतलीबजार नगरपालिकालाई ५९ हजार बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । कुमारी बैंक पुतलीबजार शाखाले लकडाउका कारण समस्यामा परेकाहरुलाई सहयोग पुग्ने हेतुले खाद्यान्न हस्तान्तरण गरेको हो ।

बैंकले पुतलीबजार नगरपालिकालाई चामल ५ सय किलो, दाल, १ सय किलो, तेल १ सय लिटर, नुन १ सय किलो र साबुन १ सय पिस वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिको रोहोबरमा हस्तान्तरण गरेको हो । कुमारी बैंकले उपलब्ध गराएको खाद्यान्न नगरपालिका भित्रका विपन्न तथा गरिब परिवारलाई प्रदान गर्ने पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमाकुमारी क्षेत्रीले जानकारी दिईन् ।

नगरप्रमुख क्षेत्रीले कुमारी बैंकले खाद्यान्न सहयोग गरेकोमा धन्यबाद व्यक्त गरिन् । पुतलीबजार नगरपालिका भित्र करिब पहिलो चरणमा करिब १ हजार ८ सय जना मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न वितरगरीएको थियो । १४ वटा वडा रहेका पुतलीबजारमा विपन्न परिवार भन्दा मजदुरी गर्ने धेरै रहेको नगरपालिका स्रोतको अनुमान रहेको छ ।


खाद्यान्न हस्तान्तरण गर्दै कुमारी बैंक पुतलीबजार शाखाका शाखा प्रबन्धक अमरमान श्रेष्ठले लकडाउन थपीदै गएको र गरिब तथा विपन्न परिवारहरुलाई समस्या हुदै गएकाले नगरपालिकाले वितरण गर्ने गरि खाद्यान्न प्रदान गरिएको बताए ।

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation