लुुम्बिनी विकास बैंकमा कार्यरत कर्मचारीको कोरोना बीमा

 अर्थबुलेटिन संवाददाता   ११ जेठ, २०७७



काठमाडौं । लुम्बिनी विकास बैंकले कर्मचारीहरुको कोरोना बीमा गरेको छ । कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस (कोभिड १९) महामारी विरुद्धको बीमा गरेको हो ।बैंकमा कार्यरत हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दैप्रति कर्मचारी एक लाखको कोरोना बीमा गर्न एभरेष्ट इन्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ । यो पोलिसी मिति २०७७ जेष्ठ ९ गतेदेखि लागू भई १ वर्षसम्म मान्य हुने बैंकले जानकारी दिएको छ ।

कोरोनाको महामारी फैलिएको यो परिस्थितिमा अहोरात्र खटिरहनु भएका कर्मचारीको मनोवल केहि हदसम्म भएपनि बढ्ने बिश्वास बैंकले लिएको छ । यो बिषम परिस्थितिमा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गर्न समेत बैंकले ग्राहकलाई आग्रह गरेको छ ।

बैंक हालसम्म देशभरका सातवटै प्रदेशमा ६८ वटा शाखा र १६ वटा एटीएम मार्फत करिव साढे दुई लाख ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation