राजाको तस्वीर भएको नोट चल्तीमा नल्याउन राष्ट्र बैंकको निर्देशन

 अर्थबुलेटिन संवाददाता   ११ जेठ, २०७७



काठमाडौं ।  नेपाल राष्ट्र बैंकले  राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन निर्देशन दिएको छ ।  आइतबार राष्ट्र बैंकले   बैंक तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन  निर्देशन दिएको हो ।

यद्यपि, तत्कालै यी नोटहरू प्रतिबन्धित भने नहुने राष्ट्र बैंकले जनाएको छ ।  सर्वसाधारणले बैंकमा बुझाएकाहरू बैंकमार्फत राष्ट्र बैंकमा खिचेर त्यसलाई पुनः बजारमा नपठाउने राष्ट्र बैङ्कको तयारी छ । राष्ट्र बैंकलेले सर्वसाधारणबाट आएको राजाको तस्वीरसहितको नोट पुनः सर्वसाधारणमा प्रवाह नगर्न भनेको हो ।

सफा नोट नीति कार्यान्यन गराउन भन्दै राष्ट्र बैंकले यो निर्देशन जारी गरेको हो। निर्देशनअनुसार अब बैंकले नोटहरूलाई तीन भागमा वर्गीकरण गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरूले अब एटीएमलगायतका मेसिनमार्फत् चलन चल्तीमा पठाउने, काउन्टरबाट भुक्तानी गरी चलन चल्तीमा पठाउने र चलन चल्तीमा पठाउन अयोग्य गरी तीन किसिमले वर्गीकरण गर्नुपर्नेछ ।

राष्ट्र बैंकले वर्गीकरण गरी एटीएम मेसिनलगायतमा पठाउन सकिनेलाई हरियो रङको स्लिप, काउन्टरबाट भुक्तानी गर्न सकिने नोटको प्याकेटमा सेतो र चलन चल्तीका लागि अयोग्य हुने नोटको प्याकेटमा रातो रङ्गको स्लिप लगाउनुपर्ने बताएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation