कोरोना कोषमा नेपाल बंगलादेश बैंकद्वारा एक करोड ४५ लाख सहयोग

    १३ जेठ, २०७७



काठमाडौं । नेपाल बंगलादेश बैंकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई एक करोड ४५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा उक्त सहयोग गरेको जानकारी दिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारको कोषमा एक करोड १० लाख रुपैयाँ र देशका सातैवटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा ५ र ५ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका अनुसार नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीलाई हस्तान्तरण गरेका हुन ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation