‘सफा नोटको प्रयोगलाई प्रोत्साहित गर्न सफा नोट नीति संशोधन’: राष्ट्र बैंक

 अर्थबुलेटिन संवाददाता   १३ जेठ, २०७७



काठमाडौं । सर्वसाधारणमा सफा नोटको प्रयोगलाई प्रोत्साहित गर्नको लागि सफा नोट नीति २०७३ मा संशोधन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि आईतबार सफा नोट नीति २०७३ लाख संशोधन गरेकोमा केही अनलाईहरुले राजाको चित्र अंकित नोट नचल्ने भन्दै गलत व्याख्या गर्दे समाचार संप्रेषण गरेपश्चात राष्ट्र बैंकले सफा नोट नीतिलाई थप प्रष्ट पार्दे आज सोमबार बिज्ञप्ती जारी गरेको हो   ।


बिज्ञप्तीमा भनिएको छ, बैंकले सफा नोट नीति २०७३ मा संशोधन गरी चलनचल्तीमा जाने नोटका सम्बन्धमा थप व्यवस्था गरेको छ । यस संशोधनको प्रमुख उद्देश्य सर्वसाधारणमा सफा नोटको प्रयोगलाई प्रोत्साहित गर्ने र कोभिड–१९ महामारीका कारण नोट छपाइ तथा ढुवानीमा भैरहेको असहजतालाई दृष्टिगत गरी प्रयोगमा ल्याउन सकिने अवस्थामा रहेका ठूलो संख्याका नोटलाई जलानमा नलगी पुनःबजारमा लैजान सहयोग पुर्याउनु रहेको छ ।

सफा नोट नीतिमा गरिएको संशोधनले चलनचल्तीमा जान अयोग्य नोटका बारेमारहेको साविकको व्यवस्थालाई थप प्रष्टमात्र पारेको र यस व्यवस्थाले सर्वसाधारणलाई कुनै असुविधा हुुने छैन, बिज्ञप्तीमा भनिएको छ । हालको संशोधनले बैंक तथा वित्तीय संस्थाहरुको मुद्रा व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्दत पुर्याउने, सफा नोटको प्रयोगलाई वढावा दिनेर यी संस्थाहरुले एटिएम मेशिनमा राख्न मिल्ने नोटलाई हरियो रंगको फरक स्लिप लगाउनु पर्ने नयाँ व्यवस्था गरेको छ ।

संशोधित सफा नोट नीतिका प्रमुख विशेषताहरुमा बंैक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटहरुलाई ए.टि.एम. लगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउनयोग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउनु पर्नेछ ।

ए.टि.एम. लगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ । काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा सेतो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ । चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ ।


नोटमा स्टिचको प्रयोग गर्नुहँुदैन । यसमा आवश्यकतानुसार रबर/प्लाष्टिक÷पेपर बैण्ड प्रयोग गर्न सकिनेछ । साथै, नोटमा नलेख्ने, केरमेट नगर्ने र हिफाजत गर्ने/गराउने व्यवस्था मिलाउनु पर्नेछ । झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको/लेखिएको/कोरिएको/मेटिएको/च्यातिएको वा पूर्वराजाको तस्वीर अङ्कित भएको नोटलाई बजारमा पुनः पठाउन नमिल्ने नोटको रुपमा वर्गीकरण गरी त्यस्ता नोटलाई चलनचल्तीमा पठाउनु हुँदैन राष्ट्र बैंकले भनेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation