सिटी एक्सप्रेस मनि ट्रान्सफरद्वारा हङकङबाट पनि बिप्रेषण सेवा सुरु

 अर्थबुलेटिन संवाददाता   १३ जेठ, २०७७



काठमाडौं । हङकङको ख्यातिप्राप्त केएमई रेमिटेन्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटेन्स कारोबार सुरु भएको छ । हङकङमा रहनुभएका नेपालीहरुले केएमई रेमिटेन्सको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाईल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिटेन्स लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङ्गले हस्ताक्षर गरेकाछन ।

एक औपचारिक समारोहका बिच हङकङबाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार नेपालको लागि हङकङका महा–बाणिज्य दूत कमल प्रसाद भट्टराईद्वारा उद्घाटन गरी रेमिटेन्स कारोबार सुरु गरिएको छ । साथै नेपाल बिप्रेषण पठाउदा १ हप्ता को लागि निःशुल्क पठाउने व्यवस्था गरिएको छ र यो व्यवस्था ३१ मे २०२० सम्म लागु हुनेछ ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation