नबिल बैंकद्वारा कोरोना परिक्षणका लागि कर्णाली प्रदेशाई सहयोग

 अर्थबुलेटिन संवाददाता   १४ जेठ, २०७७



काठमाडौं ।  नबिल बैंकले कर्णाली प्रदेशलाई सहयोग गरेको छ । बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई आफ्नो प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा एक थान पि सि आर मेसिनका निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु. २८ लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।

सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग भै,  पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने बैंकले जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation