न्युुनतम व्याजदर भन्दा बढी व्याज नदिन राष्ट्र बैंकको परिपत्र

 अर्थबुलेटिन संवाददाता   १४ जेठ, २०७७



काठमाडौं ।  राष्ट्र बैंकले कल डिपोजिटमा न्युुनतम व्याजदर भन्दा बढी व्याज नदिन परिपत्र जारी गरेको छ । बुुधबार वाणिज्य बैंक, विकास बैंक र बित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दे सो व्यवस्था कार्यान्वनमा ल्याउन निर्देशन दिएको हो ।

माग तथा अल्प सुचनामा आधारित निक्षेप (कल डिपोजिट) मा बचत निक्षेपमा प्रदान गरिने न्युुनतम व्याज भन्दा बढी व्याज दिन पाईने छैन । यस्ता खाताहरुमा चेक जारी गर्न पाईने छैन ।

कल डिपोजिट तथा संस्थागत निक्षेप बाहेकका अन्य निक्षेपको हकमा प्रकाशित व्याजदरमा शुन्य दसमलव पाँच प्रतिशत बिन्दुुसम्म व्याजदर बढाउने नपाईने समेत राष्ट्र बैकले जनाएको छ ।  

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation