राष्ट्र बैंकद्वारा एक बर्षिय मुुद्धती निक्षेपको आव्हानजेठ ३१ गतेसम्मको समय सीमा

 अर्थबुलेटिन संवाददाता   १६ जेठ, २०७७



काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ करोड ९३ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको आव्हान गरेको छ । एक बर्षिय मुुद्धती निक्षेपको रुपमा २०७७ असार एक गतेदेखि बिसं २०७८ जेठ ३१ गतेसम्मको लागि रकम लगानी गर्न राष्ट्र बैंकले उक्त आव्हान गरेको हो ।

यसरी राखिने कुुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि १९ करोड ९६ लाख, विकास बैंकहरुको लागि तीन करोड ७३ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड २४ लाख रुपैयाँ छुुट्याईएको छ ।

रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही जेठ २० गते मंगलबार अपरान्ह दुई बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।

राष्ट्र बैकका अनुसार भने रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएकाछन ।


यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (व्यवस्था पछिको मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तिमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएका लगायतका हुुनुुपर्ने प्रावधान रहेको छ ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation