आई पे रेमिट र कृषि विकास बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता

 अर्थबुलेटिन संवाददाता   १७ जेठ, २०७७



काठमाडौं । आई पे रेमिट प्रा.लि. र कृषि विकास बैंकबीच विप्रेषण कारोबार भुक्तानी सम्बन्धी समझादारीपत्रमा हस्ताक्षर भएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आई पे रेमिट प्रालिकातर्फबाट कार्यकारी निर्देशक ईन्द्र प्र.शर्मा र कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले हस्ताक्षर गरेका हुुन् ।

दुई पक्षबिचको आपसी सहयोगले व्यवसाय वृद्धिमा ठूलो भूमिका खेल्ने भएकाले एक–अर्कालाई सहयोग गरी अगाडी बढेर जानु पर्ने विचार कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले व्यक्त  गरे ।

अब उप्रान्त विश्वका जुनसुकै ठाउँबाट पठाएको रकम नेपाल अधिराज्यमा रहेका कृषि विकास बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न सकिने हुँदा ग्राहकवर्गलाई थप सुविधा मिल्ने कुरा आई पे रेमिट प्रा.लिका बजार प्रमुख रुपनारायण श्रेष्ठले बताए ।

साथै, हालको परिस्थितिमापनिग्राहकवर्गलाई सेवाप्रदानगर्दै विभिन्न डिजिटल कम्पनीहरुसँग सहकार्य गरी डिजिटल कारोबारलाई प्राथमिकता दिने जानकारी पनि दिएकाछन् ।
 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation