सनराईज बैंकमा कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा

 अर्थबुलेटिन संवाददाता   १८ जेठ, २०७७



काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको छ । कोभिड–१९ बीमा अन्तर्गत प्रत्येक कर्मचारीहरुको १ लाख रुपैंया बराबरको सामुहिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमार्फत गरिएको बैकले जानकारी दिएको छ ।

बीमा लेख सम्झौता अनुसार बैंकको कर्मचारीहरुमा कोभिड–१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ । यस बीमा सम्झौताले आफ्ना कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकको विश्वास छ ।

बैंकले कोरोना भाईरस संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, पञ्जा, सेनिटाइजर जस्ता अति आवश्यक सुरक्षा सामाग्रीहरु समेत उपलब्ध गराउदै आएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation