सिटी एक्सप्रेस र गुवाभा पेबीच रेमिटेन्स कारोबार शुभारम्भ

 अर्थबुलेटिन संवाददाता   १८ जेठ, २०७७



काठमाडौं । युुकेको ख्यातीप्राप्त रेमिटान्स कम्पनी गुुवाभा लिमिटेड र सिटी एक्सप्रेस मनीट्रान्सफरबिच रेमिटान्स कारोबार सुरु भएको छ । युके मात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्गस्थित उपभोक्ताहरुले गुवाभा पेको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध सात हजार पाँच सय भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र गुवाभा लिमिटेडको तर्फबाट निर्देशक तथा शेयरधनी ओर्खान नासिओभले हस्ताक्षर गरेकाछन । सिटी  एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्े«लिया आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी  एक्सप्रेसका देशभर छरिएर रहेका सात हजार पाँच सय भन्दा बढी भुक्तानी काउन्टरहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation