सिटिजन लाइफद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

 अर्थबुलेटिन संवाददाता   २० जेठ, २०७७



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लकडाउनको समयमा पनि मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले बीमा दावी वापत चार लाख १५ हजार दुुई सय रुपैयाँ  भुक्तानी गरेको छ ।

कम्पनीद्वारा प्रदेश न ७, कंचनपुर, बेदकोट न.पा. वडा न.३ निवासी बीमित स्व. मोहन चौधरीकी धर्मपत्नी सरिता चौधरीलाई सो रकम लकडाउनका कारण कुनैपनि दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्न नमिल्ने हुनाले इ–बैंकिङ सेवा प्रयोग गरी सिधँै निजको बैंक खातामा जम्मा गरेको छ ।

बीमितले २२ महिना अगाडी मात्र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा रु २ लाखको बीमा गरेका थिए भने बीमितले अहिलेसम्म जम्मा २ किस्ता गरी रु ३२,४९० रकम कम्पनी लाई बुझाएका थिए । बीमितको मोटरसाईकल दुर्घटनाका कारण २०७७ साल्, जेष्ठ ५गते निधन भएको थियो । श्रोतअनुसार बीमितको परिवारमा उनको श्रीमती र दुइ नाबालक छोराहरु छन् ।

कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम अन्य सामाजिक कार्य गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उल्लेख गरे ।

उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहनगर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनु पर्नेमा जोड दिए । उनले कम्पनीमा रहेका बीमित, अभिकर्ता लगायतअन्य सरोकारवालाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिवद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए । साथ साथै कोरोना भाइरसले गर्दा निम्तिएको यस बिषम पेरिस्थितीमा सबैलाई सावधान र सुरक्षित रहन सुझाब दिएकाछन ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation