कुमारी बैंकको विशेष साधारण सभा, देवः विकास बैंक प्राप्तिको प्रस्ताव पारित

 अर्थबुलेटिन संवाददाता   २० जेठ, २०७७



काठमाडौं । कुमारी बैंक लिमिटेडको संचालक समितिका अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षतामा जेष्ठ १९, २०७७ गते बैंकको नक्साल प्राङ्गणमा विशेष साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा कुमारी बैंक लिमिटेडद्वारा साविकको देवःविकास बैंकको प्राप्तिको प्रस्ताव पारित भएको छ ।

कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एक समारोह बीच साविकको देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन सम्पन्न भएको छ ।

उक्त प्राप्ति पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९ हुनेछ । यस विशेषसाधारण सभा मार्फत प्राप्ति पश्चात् कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवःविकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ ।

यस कोभिड–१९ काकारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुम मार्फत शेयरधनीहरुको मन्तव्य, सुझाव लिएको थियो ।

यस विषम परिस्थितिमा डिजिटल प्लाटफमर्मा उल्लेखनीय सहभागिताका लागि शेयरधनीहरुलाई सम्पूर्ण बैंकको संचालक समितिका सम्पूर्ण सदस्यहरुले धन्यवाद व्यक्त गरे ।

बैंकको आन्तरिक वित्तिय, मानव श्रोत, प्राविधिक एवं अन्यक्षमता अभिवृिद्ध हुनुका साथै राष्ट्रिय बैंकिंग तथा वित्तिय प्रणालीको सम्बर्धन भई सो प्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृिद्ध पुग्नेमा बैंक विश्वस्त छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation