सिटिजन लाइफद्वारा आफ्नो विवरण आफै हेर्न सकिने सेवा शुभारम्भ

 अर्थबुलेटिन संवाददाता   २० जेठ, २०७७



काठमाडौं । ग्राहकहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा बीमितहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै सिटिजन लाइफ इन्स्योरेन्सको मोबाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सकिने सेवा (युुजर पोर्टल) को शुभारम्भ गरेको छ ।

सिटिजन लाइफको एप सजिलै प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । त्यहाँ बाट लग इन मा गएर पोलिसी होल्डर छनौट गरी आफ्नो पोलिसी नम्बर र पासवर्ड राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिनेछ । यस एपमार्फत बीमितले लिएको बीमा योजना, कुलबीमाङ्क रकम,आफुले अहिलेसम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिन्छ ।

बीमा योजना खरिद गरिसकेपछि आफ्नो विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधि राख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भ सँगै समाप्त भएको छ । साथ साथै सिटिजन लाइफको यो एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्नेप्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, एजेन्ट पोर्टल र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध छ ।

यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी सदैब आधुनिक तथा नवीनतम प्रविधिलाई ग्राहकको सेवामा ल्याउने योजना अनुसार अहिलेको यस परिस्थितिमा, घरमै बसेर ई सेवा, फोन पे, कनेक्ट आईपिएस लगायतका डिजिटल बैङ्किङ्ग सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने व्यवस्था गरेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation