लक डाउन भरी धितोपत्र बजार नखुल्ने

 अर्थबुलेटिन संवाददाता   २१ जेठ, २०७७



काठमाडौं । धितोपत्र बजार जेठ ३२ गते सम्म नै बन्द हुुने भएको छ । सरकारले पछिल्लो पटक लक डाउनको अवथि थप गरेर जेठ २१ गते देखि ३२ गतेसम्म कायम गरेपछि उक्त अवधिसम्म धितोपत्र बजार बन्द गर्ने निर्णय गरिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जानकारी दिएको छ ।

बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि सरकारले चैत ११ गते देखि नै लक डाउन गर्दे आएको छ । सोही आधारमा बढ्दो संक्रमणलाई ध्यानमा राखेर लक डाउनको अवधिभर धितोपत्र बजार बन्द गर्र्ने नेपाल धितोपत्र बोर्ड समेतको निर्देशनमा सेयर बजार बन्द गरिएको नेप्सेले जनाएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation