

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैकद्वारा सार्वजनिक बिदामा पनि बैंक खुल्ला राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । कर दाखिला सम्वन्धी प्रयोजनको लागि राष्ट्र बैंकले बुुधबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई जुुनसुुकै समयमा पनि बैंक खुल्ला गर्न निर्देशन दिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार करदाताले बुुझाउनुु पर्ने २०७६ फागुुन र चैत महिनाको कर बिवण, आय बिवरण तथा ति बिवरण अनुसार भुक्तानी गर्नुुपर्ने कर दाखिला गर्ने यहि जेठ २५ सम्म तोकिएको थियो ।
यद्यपि चौतर्फी आलोचना भएपछि कर दाखिला मिती असार ७ सम्म लम्बाईएको छ । त्यसैले तोकिएको र सो मितीसम्म शनिवार लगायत जुुनसुुकै सार्वजनिक बिदामा समेत राजश्व बुुझ्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंक लगायत राजश्व कारोवार गर्ने बैंक तथा बित्तीय संस्थाहरुका सम्पुुर्ण राजश्व शंकलन गर्ने बैंकका शाखा, काउन्टर एवं बैंकका क्लियरिङ सम्वन्धी कार्य गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
बैंक तथा वित्तिय संथाका काउन्टरहरु लगायत नेपाल क्लियरिङ हाउस पनि पुर्णकालिनरुपमा खुल्ला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।